You are viewing the translated version of पुनरावलोकन गर्न सक्ने.

Section 70
पुनरावलोकन गर्न सक्ने
(१) भन्सार कार्यालयबाट जाँचपास भएको मालवस्तुको प्रज्ञापनपत्र मालवस्तु जाँचपास भएको मितिले चार वर्षभित्र सम्बन्धित भन्सार अधिकृत वा निजले खटाएको कर्मचारीले पुनरावलोकन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम पुनरावलोकन गर्दा असुल गर्नुपर्ने महसुल असुल गर्न छुट भएको देखिएमा त्यस्तो मालवस्तुको धनीबाट त्यसरी छुट भएको महसुल सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।